एमसिसी परियोजना राजपत्रमा प्रकाशित भएको छ । नेपाल सरकार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसनबीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको हो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले गत फागुन १५ गते प्रतिनिधिसभाको बैठकले व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको सम्झौता गत बिहीबार राजपत्रमा प्रकाशित गरेको हो ।
नेपालको ऊर्जा व्यापारलाई सहजीकरण गरी नेपालको विद्युत ग्रिडमा विद्युत् आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गरी विद्युत उपभोग वृद्धि गर्ने विषयलाई एमसिसीले प्राथमिकता दिएको उल्लेख छ ।
अमेरिकी पक्षले नेपालको आर्थिक विकास र गरिबी निवारण प्रवर्द्धन गर्ने साझा उद्देश्यप्रति एमसिसीको प्रतिबद्धता रहेको उल्लेख गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।