चोलेन्द्रशमशेर जबरा प्रधानन्यायाधीशमा सर्वसम्मत

काठमाडा‌ैं– यसअघि प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्रशमशेर जबराको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । समितिले प्रस्तावित प्रधानन्यायाधीश जबरासँग यही पुस १५ गते संसदीय सुनुवाइ गरेको थियो । 

सुनुवाइ नसकिएकाले मंगलबार सुनुवाइको लागि समितिको बैठक बोलाइएको थियो । समितिका संयोजक लक्ष्मणलाल कर्णले समितिबाट प्रस्तावित प्रधानन्यायाधीश जबराको नाम प्रधानन्यायाधीशका लागि सर्वसम्मत अनुमोदन भएको जानकारी दिए । 

यसअघि संवैधानिक परिषद्ले वरिष्ठतम दुई न्यायाधीश दीपकप्रसाद जोशी र जबराको नाम सिफारिस गरेको थियो । जोशीलाई अघिल्लोपटक नै संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेकाले जबरा प्रधानन्यायाधीश बन्ने प्रायःनिश्चित थियो ।

हालका प्रधानन्याधीश ओमप्रकाश मिश्रले आजैबाट अवकाश पाउने भएकाले एक महिना अगाडि नै संवैधानिक परिषदले चोलेन्द्रको नाम सिफारिस गरेको थियो ।

प्रधानन्याधीश ओमप्रकाश मिश्रले आजैबाट अवकाश पाउने भएका छन् । 





  • प्रकाशित मिति : पुस १७, २०७५ मंगलबार १५:३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया