इंग्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा चेल्सी पराजित भएको छ ।
चेल्सी रेलिगेसन जोनमा रहेको घरेलु टोली एभर्टनसँग १–० ले पराजित हुन पुगेको हो ।
गुडिसन पार्कमा खेलको ४६औँ मिनेटमा रिचार्लिसनले गरेको एक मात्र गोल एभर्टनलाई जित दिलाउन पर्याप्त बन्यो ।
जितसँगै ३३ खेलमा ३२ अंक जोडेको एभर्टन १८औँ स्थानमा रहँदा पराजित चेल्सी ३४ खेलबाट ६६ अंकका साथ तेस्रो स्थानमा छ ।
लिगअन्तर्गतकै अर्को खेलमा टोटेनहम होस्टपुरले लेस्टर सिटीमाथि ३–१ को सहज जित निकाल्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।