इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा आर्सनलले जित निकालेको छ । लण्डन स्टेडियममा भएको खेलमा उसले घरेलु टोली वेस्ट ह्याममाथि २–१ को रोमाञ्चक जित निकालेको हो ।
खेलको ३८ औं मिनेटमा रोब होल्डिङले आर्सनललाई सुरुवाती अग्रता दिलाए । ४५ औं मिनेटमा जारोड बोवेनले वेस्ट ह्यामलाई १–१ को बराबरीमा ल्याए ।
५४ औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई २–१ को रोमाञ्चक जित दिलाए । यो जितसँगै ३४ खेलमा ६३ अंक जोडेको आर्सनल चौथो स्थानमा उक्लिएको छ ।
पराजित वेस्ट ह्याम ३५ खेलबाट ५२ अंकका साथ सातौं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।