दुर्गेशले कारागारमै पुगेर भेटे पल शाहलाई

गायक दुर्गेश थापाले कारागारमा नै पुगेर बलात्कार आरोपी अभिनेता पल शाहलाई भेटेका छन् । पललाई भेट्न दुर्गेश तनहुँको कारागार पुगेका हुन् ।

यसअघि यो प्रकरणमा दुर्गेशले नाबालिग गायिकालाई उचालेको आरोप लाग्दै आएको थियो । पलले समेत आफूलाई दुर्गेशसहित केही साथीले फसाएको बताएका थिए ।

तर, दुर्गेशले बारम्बार आफ्नो यसमा केही भूमिका नभएको र आफूले कसैलाई नउस्काएको बताएका छन् । उनले अदालतमा पललाई सहयोग हुने गरि बयान पनि दिएका थिए । 

पहिले सम्बन्ध चिसिएको भनिए पनि पललाई सहयोग पुग्ने बयान दुर्गेशले दिएपछि उनीहरुबीच सम्बन्ध सुधार भएको हुनसक्ने अनुमान गरिएको छ । बाग्लुङ जाने समयमा दुर्गेशले सपरिवार पल शाहलाई भेट्न पुगेका हुन् ।

यो भेटपछि आफूहरुको सम्बन्धमा कुनै चिसोपना नआएको पनि दुर्गेशले बताएका छन् ।





  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार १५:१४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया