बैतडी र बझाङमा पनि पुग्यो मतपत्र

आसन्न स्थानीय तह निर्वाचनका लागि बैतडीमा मतपत्र पुगेको छ । वैशाख ३० गते हुने निर्वाचनका लागि  बैतडीमा १ लाख ६७ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले जनाकारी दिए ।

मतपत्रसहितका निर्वाचनका लागि आवश्यक पर्ने सामग्री जिल्ला पुगिसकेको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव प्रसाद फुयाँलले बताए । यस्तै, जिल्लामा मतदान अधिकृतलाई तालिम पनि  दिइने बताइएको छ । यही वैशाख २३ र २४ गते मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइने मुख्य निर्वाचन अधिकृत कार्कीले बताए  ।

मतदान कसरी गर्ने, समस्या आएमा सामाधान कसरी गर्नेलगायत कानुनी व्यवस्थाका बारेमा जनाकारी दिन उनीहरुलाइ तालिम दिइने बताइएको छ । तालिमपश्चात् मतदान अधिकृतहरुलाई निर्वाचन सामग्री दिएर मतदान केन्द्रमा पठाइने निर्वाचन प्रमुख फुयाँलले  बताए  ।

बैतडीका १० स्थानीय तहमा १० पालिका प्रमुख ,१० उपप्रमुख, ८४ वडाध्यक्ष, र ३ सय ३६ वडा सदस्य गरी ४ सय ४० पदका लागि निर्वाचन हुँदै छ । बैतडीमा १२९ मतदानस्थल र २ सय ५ वटा मतदान केन्द्र कायम गरिएका  छन् । स्थानीय तहको निर्वाचनमा बैतडीमा ७० हजार  ९ सय ६९ महिला मतदाता र ६९ हजार  २ सय  ३० पुरुष मतदाता गरी कुल १ लाख ४० हजार २सय १ मतदाता  रहेका छन् ।

यसैबीच बझाङमा पनि स्थानीय तहको निर्वाचनका लागि आवश्यक मतपत्र जिल्लामा आइपुगेको छ । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा बझाङबाट१ लाख २२ हजार १ सय ३७ जना मतदाताले भाग लिने जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकृत विमलप्रसाद गौतमले जानकारी दिए ।





  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार १९:४१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया