इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ । घरेलु टोली युनाइटेडले ब्रेन्टफोर्डिविरुद्ध ३–० को जित हात पारेको हो ।
ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, क्रिस्टियानो रोनाल्डो र राफेल भेरानेले एक/एक गोल गरे ।
खेलको नवौं मिनेटमा फर्नान्डेसको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । ६१ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ७२ औं मिनेटमा भेरानेले गोल गरेपछि युनाइटेडले ३–० को सहज जित निकाल्यो ।
यो जितसँगै ३६ खेलमा ५८ अंक जोडेको युनाइटेड छैटौं स्थानमा रहँदा पराजित ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अंकका साथ १४ औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।