भुवन केसी कांग्रेस प्रवेश, भने– अब विश्वभर नेपाली कलासंस्कृति फैलाउँछु

अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् । यसअघि नेकपा एमालेमा रहेका उनी आज बिहान कांग्रेस प्रवेश गरेका हुन् । 

‘लोकतान्त्रिक पुरानो पार्टी भएकाले कांग्रेस प्रवेश गरेको हुँ,’ भुवनले फरकधारसँग भने, ‘कांग्रेस प्रवेश गर्दा विश्वभरमा नेपाली कलासंस्कृति फैलाउने उद्देश्य पूरा हुने देखेर यो निर्णयमा पुगेँ ।’

भुवनले अगाडि भने, ‘अब कांग्रेस प्रवेश गरेर कलाकारितामा सोचेको उद्देश्य पूरा गर्छु जस्तो लागेको छ । एक सयभन्दा बढी चलचित्र खेले, अब यही क्षेत्रको उत्थानमा लाग्छु । त्यसका लागि सबैभन्दा राम्रो पार्टी कांग्रेस हो ।’ 

उनले आफूले नेतृत्व तहबाट पनि आफ्नो उद्देश्य पूरा गर्ने आश्वासन दिएको पनि बताए । ‘मलाई उहाँहरूले नेपाली भाषा, संस्कृति, कलालाई थप बनाउन पार्टी लाग्ने आश्वासन दिनुभएको छ । पार्टीमा मलाई अरू कुनै पदको आशा छैन, चाहिँदैन पनि । अबका वर्षहरू नेपाली कलाक्षेत्रकै उत्थानमा समर्पित गर्छु,’ भुवनले भने ।  

साथै, उनीसँगै अत्रिनेत्री स्वेता खड्का पनि कांग्रेस प्रवेश गरेकी छन् । कांग्रेस प्रवेश गरेका केसी, खड्कालगायत कलकारहरूलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाएर स्वागत गरेका थिए । 





  • प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार ११:१९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया