नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले आफूलाई महिलासँग काम गर्न सहज लाग्ने बताएका छन् ।
उनले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै आफूले महिलालाई आदर सम्मान गर्ने गरेको र महिलासँग काम गर्न पनि सहज हुने बताएका हुन् ।
'म हिंसाको विरोधी, महिलाको सम्मान गर्न । महिलाहरूलाई आदर गर्ने र महिलाहरूसँग काम गर्दा सहज हुन्छ भन्ने लाग्छ मेरो निजी अनुभव,' उनले भने ।
उनले आफू महिलामैत्री भएकाका कारण महिलासँगका तस्वीर धेरै हुनसक्ने उल्लेख गर्दै आफूलाई यही कारणले आरोपित हुनुपर्ने जरुरत नभएको बताए ।
'महिलाहरू म बेसी कोमल हुने भएका कारणले पनि महिलामत्री हो । मैले खेलकुदमा महिलाहरूको एउटा डिभिजन खोल्ने भनेको ५१ सालमा हो । त्यसैले मेरा फोटाहरू धेरै महिलाहरूसँग देखा पर्नसक्छ । यही कारणले म आरोपित हुनु जरुरी छैन' उनले भने ।
भिडियो
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।