\
बाध्यताले टाढिन पुगेका प्रेमिल जोडीको कथामा आधारित मनछुने म्युजिक भिडियो ‘थाहा छैन’ सार्वजनिक भएको छ।
यस गीतमा लोकप्रिय गायक उदय सोताङ र भोइस अफ नेपाल फेम्ड गायिका गीता शर्माको कर्णप्रिय आवाज रहेको छ ।
गीतकार सुमन योञ्जनको मर्मस्पर्शी शब्द रहेको यस गीतलाई स्वयं गायक सोताङले संगीतबद्ध गरेका हुन्। गीतमा कृष्ण लिम्बूको संगीत संयोजन रहेको छ।
भिडियोमा मुकुन भुषाल र बिमला लिम्बूको सशक्त अभिनय देख्न सकिन्छ। उत्सव दाहालले छायांकन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्।
सुमन योञ्जन निर्माता रहेको यस भिडियोलाई राजेश पुमा राईको निर्देशनमा तयार पारिएको हो। देविथान म्युजिकको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो।
यसअघि गीतकार योञ्जनको शब्दमा ‘फिदा’, ‘पानी पिउने’, ‘सरुँ–सरुँ लाग्यो’, ‘कालापानी’, लगायत म्युजिक भिडियो सार्वजनिक भइसकेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।