शुक्रबारबाट नेपाली फिल्म ‘लक्का जवान’ प्रदर्शन हुने

नेपाली फिल्म ‘लक्का जवान’ आगामी शुक्रबारबाट देशभर प्रदर्शन हुने भएको छ ।

बुधबार काठमाडौंमा आयोजित वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको ७२ औँ जन्मदिनको अवसरमा फिल्मको बारेमा जानकारी गराइएको थियो । 

हास्य कलाकार शिवहरि पौड्यालको डेब्यू निर्देशनमा बनेको फिल्म ‘लक्का जवान’ मा प्रियंका कार्की, दिलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौड्यालको मुख्य भुमिका छ भने अन्य कलाकार सुरेन्द्र केसी, दिवंगत जयनन्द लामा, सरोज खनाल, अन्सुया श्रेष्ठ, सावित्री गुरुङ, अञ्जु महर्जन, नरेन्द्र कंशाकर लगायतका कलाकारको पनि अभिनय छ । 

फिल्ममा पारिवारिक कथालाई व्यंग्यात्मक रूपमा प्रश्तुत गरिएको छ । निर्देशक पौड्यालकै कथा र पटकथामा रहेको फिल्मलाई अन्सुया श्रेष्ठले निर्माण गरेकी छन् । 

ध्रुव वन्तको प्रश्तुति रहेको फिल्म आमा बंगलामुखी फिल्मस्को ब्यानरमा बनेको हो । पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई मित्र डी. गुरुङले सम्पादन गरेका हुन् ।





  • प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार २०:५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया