बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि पार्टीले कारबाही गर्छः कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गरेर जानुपर्ने बताएका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिकाका उम्मेदवारसँगसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पार्टीभित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि पार्टीको निर्णय मान्नुपर्ने बताएका हुन् ।
 
सुन्दरहरैँचाका कतिपय स्थानमा बागी उम्मेदवार उठेको बताउँदै त्यस्ता उमेदवारलाई पार्टीले कारबाही गर्ने उनले बताए । नेता कोइरालाले सुन्दरहरैँचामा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । 

अन्तरक्रिया कार्यक्रममा सहभागी उम्मेदवारहरुले आफ्नो वडाका गतिविधि प्रस्तुत गरेका थिए । उनीहरुले सबै वडामा कांग्रेसको जित सुनिश्चित रहेको डा. कोइरालासमक्ष ब्रिफिङ गरेका छन् ।





  • प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार २०:३७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया