स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार हुन् र्यापर बालेन शाह । तर, उनी प्रमुख राजनीतिक दलका उम्मेदवारहरुलाई कति चिन्ताको विषय भएका छन् भने पछिल्ला केही दिन यता उनको विषयमा सबैले आआफ्ना धारणा राखिरहेका छन् ।
उनको विषयमा केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत बोलेका थिए । एमालेका काठमाडौं महानगरका मेयर उम्मेदवार केशव स्थापितले पनि पछिल्ला दिन दैनिक आफ्ना सार्वजनिक कार्यक्रममा बालेनको विषयमा बोलिरहेका छन् ।
मंगलबार दिउँसो बानेश्वरको एक कार्यक्रममा त स्थापितले बालेनले आफ्नो फोटो राखेर लौरोमा भोट मागिरहेको समेत आरोप लगाएका थिए । यसअघि उनले बालेनलाई अन्तर्राष्ट्रिय ठग भएको पनि बताएका थिए ।
स्थापितले बालेनमाथि लगाएका चार आरोपबारे फरकधारले तयार पारेको यो भिडियो हेर्नुहोस्ः
स्थापितका यी आरोपबारे बालेनले खण्डन गरेका छन् । बालेनले स्थापितले भनेको जस्तो आफूहरुले कुनै प्रचार नगरेको पनि बताएका छन् । पछिल्लो समय बरु आफ्नो विषयमा बारम्बार बोलेर स्थापितले आफ्ना लागि ब्राण्ड एम्बेसेडरको काम गरेको बालेनले बताउन थालेका छन् ।
उनले झन्डै चार महिनाअघि मात्र आफ्नो स्थापितसँग भेट भएको र पछिल्लो समय उम्मेदवारी दिइसकेपछि उनीसँग भेट नभएको पनि बताएका छन् । स्थापितले चाहिँ आफूसँगको भेटमा बालेनले बल्ल वास्तविकता बोलेको आरोप केही दिनअघि लगाएका थिए । त्यो आरोपबारेको यो भिडियो हेर्नुहोस्ः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।