२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

'मिदी' भन्दै सामाजिक सञ्जालमा भिडियो हाल्ने किशोर समातिए [भिडियो]

म्यादी प्रहरीको पोसाकमा सेल्फी भिडियो खिचाउँदै अस्वभाविक अभिव्यक्ति दिने एक किशोर पक्राउ परेका छन् । प्रहरीले कपिलवस्तुको वाणगंगा नगरपालिका-४  का १६ वर्षीय नवराज रेग्मीलाई पक्राउ गरेको हो ।


म्यादी प्रहरीको ड्रेस लगाएर आफू मिदी 'पुलिस'मा भर्ना भइसकेकोले आफ्ना साथीहरूले मन लागेको गर्नसक्ने भन्दै भिडियो खिचाएका थिए । उनले भिडियो आफू म्यादी प्रहरी भइसकेकाले आफ्ना साथीहरूलाई गाँजा पनि सेवन गर्न छुट रहेको बताएका थिए । उनको भिडियो इन्टरनेटमा भाइरल भएपछि प्रहरी खोजी सुरु गरेको थियो ।



जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले रेग्मीलाई पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गतको मुद्दा दर्ता गरिएको जनाएको छ । प्रहरीका अनुसार रेग्मीले म्यादी प्रहरीमा भर्ना भएका उनका फुपूका छोरा पुरण भट्टराईको पोशाक लगाएर भिडियो खिचेका थिए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीले रेग्मीमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको बताए । उनले पोसाक लगाएर टिकटक बनाउनुभन्दा पनि गाँजा खानुपर्छ भन्ने कुरालाई गम्भीर रूपमा लिएर मुद्दा चलाइएको बताए ।



भिडियो



  • प्रकाशित मिति : २१ वैशाख, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया