नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले जंगलको माओवादीलाई मूलधारको राजनीतिमा आफ्नो पार्टीले ल्याएको दाबी गरेका छन् ।
विराटनगरमा बुधबार नेपाली कांग्रेसले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले कांग्रेसले नै माओवादीलाई राष्ट्रिय राजनीतिको केन्द्रमा ल्याएको दाबी गरेका हुन् ।
उनले तत्कालीन कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले हत्याहिंसाको राजनीति गर्दै आएको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा डोर्याएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।