नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिस्टको नेतृत्वमा सरकार बन्दा जहिल्यै देशले दुःख पाएको आरोप लगाएका छन् ।
बुधबार विराटनगरमा नेपाली कांग्रस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
उनले एमालेको सरकार बन्दा देशले दुःख पाएको बताउँदै आगामी ३० वैशाखमा हुन् स्थानीय निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए ।
उनले स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत दिएर लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने बताए ।
नेता कोइरालाले अहिले नेपाली कांग्रेसको नेतृत्वमा संघीय सरकार रहेकाले आगामी बजेटमा विराटनगरको चौतर्फी विकासका लागि पहल गर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।