डिपिएलका लागि दुई सय पाँच खेलाडीको नाम दर्ता

काठमाडौं– धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा सहभागी हुन दुई सय पाँच खेलाडीले नाम दर्ता गराएका छन् । आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढी प्रिमियर लिग हुनेछ ।

यही पुस ४ गतेदेखि खेलाडी दर्ता सुरु भएकोमा मंगलबारसम्ममा दुई सय पाँच खेलाडीले नाम दर्ता गराएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले यही पुस १७ गतेसम्मका लागि दर्ता समय उपलब्ध गराएको थियो ।  

आयोजकले खेलाडीलाई न्यूनतम ३० हजारदेखि अधिकतम दुई लाख ५० हजार रुपैयाँसम्मको मूल्य राखेर नाम दर्ताको आह्वान गरेको थियो । दर्ता भएका खेलाडीलाई समावेश गर्दै आयोजकले अब खेलाडी लिलामी बिक्री प्रक्रिया अघि बढाउनेछ । 

खेलाडी लिलामी (अक्सन) यही पुस २२ गते हुने आयोजकले जानकारी दिएको छ । अक्सनबाट छनोट भएका खेलाडीलाई सहभागी टोलीले आगामी तीन वर्षका लागि अनुबन्धन गर्नेछ । 

प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउनेछन् । सहभागी टोलीमा चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन र विराटनगर किंग्स रहेका छन् । 

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगितामा सबै टोलीमा दुई÷दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ । 





  • प्रकाशित मिति : पुस १८, २०७५ बुधबार १६:३३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया