जुम्लामा पहिरोमा पुरिएर दुई बालकको मृत्यु

जुम्लाको तिला गाउँपालिका–२ डुडेलीमा सुख्खा पहिरो आउँदा पुरिएर दुई बालकको मृत्यु भएको छ । उनीहरूको रणबहादुर बोहराको घरको जग उठाउँदै गरेको अवस्थामा बुधबार माथिबाट सुख्खा पहिरो आउँदा पुरिएर मृत्यु भएको हो । 

पहिरोमा पुरिएर उक्त स्थानमा खेलिरहेका बोहराका तीन वर्षीय छोरा शिशिर र सोही ठाउँ बस्ने दलबहादुर रावतका तीन वर्षीय छोरा हिमेश रावतको मृत्यु भएको प्रहरीले जनाएको छ । 

पहिरोमा दुई बालक पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रारालिहि र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उद्धारका क्रममा उनीहरूको शव फेला पारेको हो । 





  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार १२:५७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया