भत्किएको भवनको भग्नावशेषबाट ६ दिनपछि जीवितै उद्धार

बेइजिङ–मध्य चीनको चाङ्सा सहरमा भत्किएको एउटा ६ तले भवनको भग्नावशेषबाट एक महिलाको ६ दिनपछि जीवितै उद्दार भएको छ । 

सो विपद्मा कम्तीमा पाँचजनाको ज्यान गएको थियो भने १० जनाको जीवितै उद्धार गरिएको थियो । भवनभित्र पुरिएर दर्जनौँ अझै बेपत्ता छन् । 

भवनको सुरक्षाका विषयमा अनुसन्धान भइरहेको छ । कमजोर सुरक्षा र निर्माण मापदण्ड, स्थानीय अधिकारीहरूको भ्रष्टाचारलगायतका कारण चीनमा ठूला भवन भत्किने गरेका छन् ।

चाङ्साका उद्धारकर्ताहरूले जीवनका संकेतहरू पत्ता लगाउन परम्परागत विधिहरू जस्तैः चिच्याउने, ढकढकाउनुको अतिरिक्त सुँघ्ने कुकुरहरू र ड्रोन परिचालन गरेका छन् ।





  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार १७:५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया