‘नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना

होटल एसोसिएसन अफ नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक साहले नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् । बिहीबार काठमाडौंमा सेफ्स एसोसिएसन अफ नेपालको २८औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । 

नेपालमा सेफहरु मनग्य उत्पादन भए पनि सबै क्षेत्रमा पु¥याउन नसकिएको बताउँदै उनले अधिकांश पाँचतारे होटल काठमाडौंमै रहेकोले मानिसहरु पनि सुविधाका कारण बाहिरी जिल्लामा जान नरुचाउने गरेको बताए । 

वरिष्ठ उपाध्यक्ष साहले सिद्धहस्त सेफहरुको पहिलो रोजाइ विदेश भएकाले पनि व्यवस्थापन गर्न गाह्रो भइरहेको उनले बताए । 

त्यस्तै, सेफ्स एसोसिएसन अफ नेपालका अध्यक्ष श्याम लामाले सेफहरुको क्षेत्रमा सरकारले बजेट छुट्याएर सबै प्रदेश र जिल्लामा नेपाली परिकारको प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । सेफ सोसाइटीले गरेको क्षेत्रमा सरकारको ध्यान पुग्नुपर्ने उनले बताए । 

सेफ्स एसोसिएसन अफ नेपालले खानाको शुद्धता तथा स्वस्थता हाम्रो प्रतिबद्धता भन्ने मूल नारासहित यस वर्ष आफ्नो २८औँ वार्षिकोत्सव मनाइरहेको छ ।





  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार १७:५४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया