श्रीमती कुटेर अचेत भेटिएका श्रीमान्‌को मृत्यु
सांकेतिक तस्बिर

मदिरा पिएर श्रीमतीलाई कुटेर घरबाट हिँडेका एकजनाको मृत्यु भएको छ । बर्दियाको बढैयाताल गाउँपालिका–८ शितलाबजार बस्ने काजीमान तन्डुकारले बिहीबार राति श्रीमती वीरमायालाई कुटपिट गरेका थिए । 

कुटपिट गरी गम्भीर घाइते बनाएर तन्डुकार घरदेखि केही पर अचेत अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल गुलरियामा ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरी प्रवक्ता एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

कुटपिटबाट घाइते भएकी तण्डुकारकी श्रीमतीलाई उपचारका लागि शिक्षण अस्पताल नेपालगगञ् लगिएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार ११:२५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया