तोलामा ६ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ शुक्रबार तोलामा ६ सय रुपैयाँले घटेको छ । योसँग नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९८ हजार कायम भएको छ । 

बिहीबार सुन तोलाको ९८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजाबी सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ । 

बिहीबार १ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार २ सय ८० रुपैयाँमा निर्धारण भएको छ ।





  • प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार ११:२९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया