जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट लोकतन्त्रको सुरक्षा हुन नसक्ने बताएका छन् ।
पाँच दलीय गठबन्धनले आज शान्तिबाटिकामा आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले ओलीबाट लोकतन्त्र खतरामा परेको बताए ।
‘उखान टुक्का सुनेर, राम्रा राम्रा हास्य व्यङ्ग्य सुनेर स्थानीय निर्वाचनमा केपी ओलीको पार्टीलाई बहुमत दिलाए, संसदीय चुनावमा पनि बहुमत दिए, तर के भयो देख्यौँ,’ श्रेष्ठले भने, ‘केपी ओलीबाट लोकतन्त्र बच्दैन ।’
उनले सम्बोधनका क्रममा ओलीलाई थारो गाईको संज्ञा दिए । उनले भने, ‘अब केपी ओली आयो लोकतन्त्र बचाउला भनेर दाना खुवाएको छ । बेत लाग्ने गाई भए पो व्याउँथ्यो, थारो गाई के ब्याउँथ्यो ।’
ओलीलाई लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी दिनु मकैबारीमा बाँदरलाई कुरुवा राखे जस्तै भएको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।