गठबन्धनभन्दा प्रतिगमन शक्तिशाली छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा सत्ता गठबन्धनभन्दा प्रतिगमन बलियो भएको बताएका छन् । 

शुक्रबार काठमाडौँको शान्तिबाटिकामा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभामा बोल्दै अध्यक्ष केसीले नेपालमा प्रतिगमनकारी शक्ति भएको बताएका हुन् । 

'गठबन्धनभन्दा बलियो छ प्रतिगमन, नेपालमा प्रतिगमन एक्लै छैन, ऊ अहिले पनि शक्तिशाली छ’ उनले भने ।

उनले गणतन्त्र र धर्मनिरपेक्षता जस्ता उपलब्धि खतरामा परेकाले सबैभन्दा पहिले जनमोर्चाले त्यसविरुद्ध आवाज उठाएको पनि बताए । 

उनले केसीले वामपन्थी र प्रजातन्त्रवादी राजनीतिक शक्तिहरू एक ठाउँमा उभिएपछि प्रतिगमनले घुँडा टेकेको पनि बताए । उनले पाँच दलीय गठबन्धनमा पनि प्रशस्त मतभेद रहेको पनि उल्लेख गरे ।





  • प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार १६:२५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया