नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बागी उम्मेदवारप्रति लक्षित गर्दै एक्लै चुनाव पार लगाउने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् ।
शुक्रबार पाँच दलीय सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एक्लै चुनाव पार लगाउने भ्रमबाट मुक्त हुन भनेका हुन् ।
‘गठबन्धनको आवश्यकताका बारेमा बहस चलिरहेको हुन सक्छ । कतिपयको दिमागमा हामी एक्लै पार लगाउन सक्छौँ भन्ने लागेको हुन सक्छ । यो भ्रमबाट सबै मुक्त हुन जरुरी छ’ उनले भने ।
प्रगतिशील वा वाम लोकतान्त्रिक र प्रतिगामी दक्षिणपन्थी गरी मुलुकमा अहिले दुई गठबन्धन भएको उनले बताए । प्रतिगामी गठबन्धनको नेतृत्व केपी शर्मा ओलीले गरिरहेको उनले बताए ।
उनले भने, ‘प्रतिगामीको गठबन्धनको नेतृत्व केपी ओलीले गरिरहेका छन् । जहाँ राप्रपाजस्ता दक्षिणपन्थी, राजावादी र प्रतिगामी शक्तिहरू सामेल छन् ।’
उनले ओलीको गठबन्धनमा विदेशीहरूसँग लम्पसार पर्नेहरू पनि सामेल भएको जिकिर गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।