आरजुको आश्वासन : कांग्रेसलाई जिताउनुस्, ‘फ्रि’मा मलेसिया पठाउँछौँ

नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले  धनगढीका स्थानीयलाई फ्रि भिसा र फ्रि टिकटमा मलेसिया पठाउने आश्वासन दिएकी छन् । शुक्रबार धनगढीमा एक वडास्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आश्वासन दिएकी हुन् ।

‘सुदूरपश्चिम पछाडि परेको क्षेत्र हो,’ उनले भनिन्, ‘हामीले यहाँ विशेष ध्यान दिन्छौँ । कांग्रेसलाई जिताउनुस् । सबैलाई त हामी गर्न सक्दैनौँ । तर, दुःख पाएकाहरू एक/दुई जनालाई पढाउने प्रयास गर्छु । मलेसिया जान चाहने कोही भए मलाई कसैले कोटा दिन्छु भनेको छ । फ्रि भिसा र टिकटको व्यवस्था हुन्छ ।  ५/६ जनालाई पठाउँछौँ । सबैलाई हामी लग्न सक्दैनौँ ।’ 

यस्तै, उनले आफू प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हारे पनि केही फरक नपरेको बताइन् । एमाले सांसदले जितेर पनि यहाँ केही गर्न नसकेको उनको दाबी छ । कांग्रेसले नै धनगढीमा बाटोघाटो, पुल पुलेसा र अस्पताल बनाएको उनले बताइन् ।
 





  • प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार २०:१३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया