गठबन्धनलाई भोट नदिनु भनेको बेइमानी गर्नु हो : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले गठबन्धनलाई भोट नदिएर तलमाथि गर्नु नहुने बताएका हुन् । 

गठबन्धनका उम्मेदवारलाई जनमोर्चाले इमान्दारितापूर्वक सहयोग गर्ने उल्लेख गर्दै उनले आफ्ना उम्मेदवार भएको ठाउँमा पनि गठबन्धनका सबैले सहयोग गर्न उनले आग्रह गरे । 

अध्यक्ष केसीले जनमोर्चा सत्तारुढ गठबन्धनमा सहभागी भएकोमा कतिपयले विरोध गर्ने गरेको भन्दै आफूले विगतमा पनि गिरिजाबाबु, गणेशमान लगायतसँग सहकार्य गरेको बताए । उनले आफ्नो पार्टी प्रतिनिधि सभा विघटन भएदेखि नै गठबन्धनको पक्षमा रहेको स्पष्ट पारे । 

उनले भने, – ‘महानगरपालिकामा देशभरी गठबन्धनका उम्मेदवार साथीहरु जहाँ हुनुहुन्छ, राष्ट्रिय जनमोर्चाले इमान्दारीपूर्वक सहयोग गर्छ । त्यसमा तलमाथि हुन सक्दैन । तलमाथि गर्नु भनेको बेइमानी हो । यस्तो दिन भोलि आउन्न र ? गठबन्धनभन्दा बलियो छ प्रतिगमन यो पनि बुझी राख्नुस् । नेपालमा प्रतिगमन एक्लै छैन । ऊ अहिले पनि शक्तिशाली छ ।’

उनले वर्तमान सत्तारुढ गठबन्धन भन्दा प्रतिगमन बलियो भएकाले सजग रहनुपर्ने बताए । 





  • प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार २१:१९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया