बालेनको घरदैलोमा जे देखियो [फोटो फिचर]

काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाह घरदैलो अभियानमा अहिले व्यस्त छन् । निर्वाचन आयोगले दिएको चुनावचिह्न लौरी लिएर अहिले उनी काठमाडौंमा गल्लीमा भोट माग्दै हिँडेका छन् । 

कालो चस्मा, टिसर्टमाथि निलो कोट, पाइन्ट, काँधमा नेपालको झण्डा र हातमा लौरो लिएर उनी घर, पसल, सडकका दायाँ-बायाँ किनारमा बसेका मतदातालाई नमस्कार गर्दै आफ्नो चुनावी घोषणा-पत्र थमाउँदै मत माग्छन् ।

अन्य राजनीतिक दलका उम्मेदवारभन्दा उनको अभियान केही भिन्न देखिन्छ । बालेनको घरदैलो कार्यक्रममा युवादेखि बुद्धसम्मको क्रेज देखिन्छ भने मतदाता अटोग्राफदेखि सेल्फीसम्म लिन आतुर देखिन्छन् ।

हेर्नुहोस् तस्वीरहरू





  • प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार २१:४७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया