रुकुमको चौरजहारीमा तरुण दल र वाइसिएलबीच झडप, पाँच घाइते

रुकुम पश्चिमको चौरजहारीमा नेपाल तरुण दल र वाइसिएलका युवाहरुबीच झडप भएको छ । झडपमा पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले दिएको जानकारीअनुसार दुवै समूहका ५०–६० जना समूहबीच झडप भएको हो । घटनामा तरुण दलका तीन जना र वाइसिएलका दुई जना घाइते भएका छन् ।

तरूण दलका योगेश विष्ट, मानबहादुर विक र यज्ञचन गिरी घाइते छन् । वाइसिएलका ध्रुवराज विष्ट र समीर स्वर्णकार घाइते छन् ।

घाइतेमध्ये तरूण दलका योगेश र मानबहादुरलाई नेपालगन्ज रिफर गरिएको छ । अरूकोचौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १२:२१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया