जगन्नाथको प्रश्नः मैले चुनाव लड्दा आकाश खस्छ ?

भरतपुर महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आफ्नो उम्मेदवारप्रति भइरहेका टिप्पणीबारे आपत्ति जनाएका छन् । उनले गठबन्धनका नेताहरुले आफ्नो उम्मेदवारीका कारण दिएका अभिव्यक्तिले आफू अचम्ममा परेको पनि बताएका छन् । 

उनले आफू मेयरमा उठ्दा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेताले देश बर्बाद हुने टिप्पणी गरेको भन्दै आफूलाई ग्लानी भएको बताएका हुन् ।

उनले प्रजातन्त्रमा जो सुकै व्यक्तिले पनि चुनाव लड्न पाउनु पर्ने बताएका छन् । ‘के म मेयर उठ्दा देशै बर्बाद हुने भयो ?’ उनले प्रश्न गरेका छन्, ‘म मेयरमा उठ्दा आकाश खस्ने भयो ?’

भरतपुरमा सत्तारुढ गठबन्धनले नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई मेयरमा उम्मेदवार बनाएपछि पौडेलले बागी उम्मेदवारी दिएका हुन् । उनलाई उम्मेदवारी फिर्ता गराउन नेताहरु लागे पनि सफल भएनन् ।






  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १३:०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया