प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीले सबैभन्दा बढी फाइदा बुटवलवासीलाई हुने बताएका छन् ।
बुटवलमा चुनावी सभालाई सम्बाेधन गर्दै देउवाले एमसीसी परियोजना अन्तर्गत बुटवलदेखि दाङसम्मको सडक विस्तार हुने र विद्युत प्रशारण लाइन बन्ने भएकाले त्यसबाट सबैभन्दा बढी फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा अरु दल र जनतामाथि अत्याचार गरेका र प्रतिनिधि सभा दुई पटकसम्म विघटन गरेकाले अहिलेको गठबन्धन बनेको बताए ।
‘ओलीले अत्यन्तै ठूलो अत्याचार गरेपछि अहिलेको गठबन्धन बनेको हो’ देउवाले भने, ‘विरोध सहन नसकेर संसद भंग गरे, संविधानमा भंग गर्न पाउने व्यवस्थै छैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।