धनुषामा जनता समाजवादी पार्टी नेपालका एक नगरप्रमुखका उम्मेदवारले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन् ।
धनुषाको बटेश्वर गाउँपालिकामा जसपाबाट अध्यक्ष पदका उम्मेदवार राजकिशोर महतोले नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार रामअशिष महतोलाई समर्थन गरेका हुन् ।
शनिबार उनले कांग्रेस उम्मेदवार महतोलाई समर्थन गरेका छन् । आफू जित्न नसक्ने अवस्थामा रहेकोले गठबन्धन भित्रकै जित्न सक्ने पार्टीका उम्मेदवारलाई समर्थन गर्नुपर्ने गठबन्धनको सर्कुलरअनुसार कांग्रेस उम्मेदवार रामअशिषलाई समर्थन गरेको राजकिशोरले बताए ।
उनले अब पालिका प्रमुखमा कांग्रेसको रुख छापमा मतदान गर्न जसपाका नेताकार्यकर्तालाई आग्रह गरे ।
जसपाले समर्थन गरेपछि कांग्रेस उम्मेदवार रामअशिषले धन्यवाद ज्ञापन गर्दै अब आफ्नो जीत सुनिश्चित जस्तै भएको दाबी गरे । पार्टीको अवस्था बलियो, मतदाताको सहानुभूति र त्यसमा पनि जसपा उम्मेदवार राजकिशोरको समर्थनले अब आफूहरू फराकिलो मतान्तरले जित्ने उनले दाबी गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।