\
विष्णुहरि पौडेलद्वारा लिखित ६ वटा कृति शनिबार विमोचन गरिएको छ ।
प्रा. डा. जयराज आचार्यले काठमाडौंमा एक कार्यक्रमका बीच पौडेलद्वारा लिखित तामाकोटको पौडेलः बंश र कूल पूजा, चिन्तन, प्रारब्ध काव्य, तरंग कविता संग्रह, चित्रण यात्रा संस्मरण र कुसुम कविता संग्रह विमोचन गरेका हुन् ।
तनहुँ जिल्लाको सिमलचौंरमा जन्मिएका नेपाल सरकारका पूर्वसहसचिवसमेत रहेका उनले विभिन्न विधामा कलम चलाएर नयाँ कीर्तिमान कायम गरेको पूर्व राजदूतसमेत रहेका आचार्यले बताए ।
लेखक पौडेलले देशभित्र र देशबाहिर रहेका बेला आएको मनोभावनालाई आफ्नो कृतिमा काव्यका रूपमा, कविताका रूपमा, यात्रा संस्मरणका रूपमा समावेश गरिएको बताए ।
अमेरिकामा एक महिना बिरामी परेर बसेको बेलामा पनि आफूले संगालेको अनुभव आफ्ना कृतिमा रहेको पनि पौडेलले बताए । उनले कुसुम कविता संग्रहमा पौडेलहरूको कूलदेवता पूजा गर्ने संस्कारको पनि चित्रण गरेका छन् ।
आफूले बाल्यकालमा पढेको चुँदी रम्घाको विद्यालयको पनि उनले मेरो गुरुकुल शिक्षा र यात्रा संस्मरण नामक कृतिमा स्मरण गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।