राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका दलहरूले जनतालाई कर बढाउने र भ्रष्टाचार गर्ने गरेको आरोप लगाएका छन् ।
पोखरामा शनिबार आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले एमाले र कांग्रेसका जनप्रतिनिधिले भ्रष्टाचार मात्र गरेको आरोप लगाएका हुन्।
सो क्रममा उनले राष्ट्रिय प्रजातन्त्र पार्टी नष्ट हुन दिने, तर भ्रष्ट हुन नदिने प्रतिबद्धता जनाए।
राप्रपाका उम्मेदवारलाई जिताए पोखरालाई भ्रष्टाचारमुक्त बनाउने उल्लेख गर्दै उनले भने, ‘योपटक राप्रपाका उम्मेदवारलाई भोट हालेर जिताउनुहोस्, महानगर भ्रष्टाचारमुक्त हुने कुराको जिम्मा म लिन्छु।’
झापामा आफूले भिख मागेजसरी भोट माग्न जरुरी नभएको दाबी गर्दै उनले आफ्नो काम देखेर झापाका मतदाता स्वतस्फूर्त राप्रपालाई मतदान गर्न लालायित भएको दाबी गरे ।
मतदान गर्दा गलत पार्टी र नेता पर्यो भने देश र समाजले दुःख पाउने बताउँदै लिङ्देनले एमाले र कांग्रेसलाई सुधार्न पनि राप्रपालाई मतदान गर्नुपर्ने बताए । एमाले र कांग्रेसलाई पत्तासाफ पार्न राप्रपालाई मतदान गर्नुपर्ने लिङ्देनको भनाइ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।