मुटु स्वस्थ राख्न कति समय सुत्ने ?

एजेन्सी– पर्याप्त निद्रा नपुग्दा त्यसले रोग निम्त्याउँछ, भर्खरै गरिएको एक अनुसन्धानका अनुसार निद्रा नपुग्नाले हृदयसम्बन्धी रोग लाग्न सक्छ । तर, के तपाईंलाई थाहा छ ८ घन्टाभन्दा बढी सुत्नाले पनि हृदयसम्बन्धी रोग लाग्ने खतरा हुन्छ ।

६ घन्टाभन्दा कम सुत्नाले मुटुको धड्कनमा गढबडी आउँछ र त्यो हृदयाघातको कारण हुन सक्छ । शोधकर्ताका अनुसार ६ घन्टाभन्दा कम सुत्ने र ७–८ घन्टा सुत्नेको तुलना गर्दा ७–८ घन्टा सुत्ने मानिसमा हृदयसम्बन्धी रोग हुने खतरा ३५ प्रतिशतले कम हुन्छ । पर्याप्त निद्रा नपुग्नाले ऐथिरोस्क्लेरोसिसको खतरा हुन सक्छ । 

ऐथिरोस्क्लेरोसिस एउटा यस्तो रोग हो, जसका कारण धमनीमा ‘प्लाक’ जम्ने खतरा हुन्छ ।

ज्यादा सुत्नाले पनि हुन सक्छ समस्या 

अध्ययनमा आठ घन्टाभन्दा ज्यादा सुत्नेहरूमा पनि ऐथिरोस्क्लेरोसिसको खतरा हुने देखिएको छ । अनुसन्धानकर्ताले जो महिला आठ घन्टाभन्दा ज्यादा सुत्छन्, उनीहरूमा मुटुसम्बन्धी रोगको खतरा ज्यादा हुने पत्रा लगाएका छन् । अनुसन्धानमा संलग्न डा. वेलिन्टिन फ्युस्टका अनुसार गुणस्तरीय छोटोे निद्राले पनि हानिकारक तत्वलाई टाढा राख्छ । ज्यादा मदिरा र क्याफिनको सेवनले निद्रालाई प्रभावित गर्छ ।  

सुत्ने बानीमा परिवर्तन ज्यादा असरदार 



म्याड्रिडमा अवस्थित स्पेनिस नेसनल सेन्टर फर कार्डियोभास्कुलर रिसर्च (सिएनआइसी)को अनुसन्धानको नतिजाले यो पनि देखाएको छ कि औषधिको तुलनामा सुत्ने तरिकामा परिवर्तन गर्नु मुटुको रोगको उपचारमा धेरै प्रभावकारी हुन्छ । त्यसकारण सुत्ने तरिकामा पनि ध्यान दिनुपर्ने अध्यायनले बताएको छ । अमेरिकन कलेज अफ कार्डियोलोजीमा यो अध्ययन प्रकाशित भएको छ ।  

अनुसन्धान टिमले स्पेनमा चार हजार बैंकरमाथि अध्ययन गरेको थियो । तीमध्ये ४६ वर्ष उमेरका सहभागी कुनै पनि प्रकारको मुटुसम्बन्धी रोगबारे जानकार थिएनन् । निद्राको मापनका लागि सहभागीले एउटा ‘एक्टिग्राफ’ लगाएका थिए । यो एउटा यस्ताे यन्त्र हो, जसले सात दिनको निद्रा, आराम र गतिविधि आदिको मापन गर्न सक्छ । 



अनुसन्धानकर्ताले सहभागीलाई चार समूहमा विभाजन गरेका थिए । ६ घन्टाभन्दा कम सुत्ने, ६ देखि ७ घन्टा सुत्ने, ७ देखि ८ घन्टा सुत्ने र ८ घन्टाभन्दा ज्यादा सुत्नेहरू । कार्डियोभास्कुलर रोगका प्रमाण हेर्नका लागि सहभागीहरूको ३–डी अल्ट्रासाउन्ड र सिटी स्क्यान पनि गरिएको थियो । 

६ घन्टाभन्दा कम सुत्नेहरूमा मुटुरोगको खतरा २७ प्रतिशतले बढी 

अध्ययनकर्ताले निद्राको गुणस्तरको यो आधारले हेरे कि कोही रातमा कतिचोटि बिउँझिन्छ र कतिचोटि सुत्ने आसन बदल्छ । आरामदायी निद्रा निदाउन सक्नेको तुलनामा रातमा राम्रोसँग निदाउन नसक्नहरूमा मुटुसम्बन्धी रोग हुने खतरा ३४ प्रतिशतले बढी हुन्छ । 

  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार २१:२८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया