प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको फराकिलो हार

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाइटेडले फराकिलो हार बेहोरेको छ । युनाइटेड घरेलु टोली ब्राइटनसँग ४–० ले पराजित हुन पुगेको हो ।

द अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा घरेलु टोलीका लागि मोइसेस काइसेडो, मार्क कुकुरेला, पास्कल ग्रस र लियान्द्रो ट्रोसार्डले एक/एक गोल गरे ।

खेलको १५ औं मिनेटमा काइसेडोले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा कुकुरेलाले टोलीको अग्रता दोब्बर बनाए । 

५७ औं मिनेटमा ग्रसले गोल गर्दै ब्राइटनलाई ३–० ले अघि बढाए । ६० औं मिनेटमा ट्रोसार्डले गोल गरेपछि घरेलु टोलीले ४–० को फराकिलो जित निकाल्यो ।

जितसँगै ३६ खेलमा ४७ अंक जोडेको  ब्राइटन नवौं स्थानमा रहँदा पराजित युनाइटेड ३७ खेलबाट ५८ अंकका साथ छैटौं स्थानमा छ । लिगअन्तर्गत अन्य खेलमा ब्रेन्टफोर्डले साउथह्यामटनमाथि ३–१ को जित निकाल्दा चेल्सीले वुल्भ्ससँग २–२ को बराबरी खेल्यो । 





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार ७:१२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया