धनुषाको जनकन्दिनी गाउँपालिका अध्यक्षको निधन

धनुषाको जनकन्दिनी गाउँपालिका अध्यक्ष अब्दुल वारिक शेषको निधन भएको छ । उनको ७० वर्षको उमेरमा शनिबार साँझ निधन भएको हो । 

गाउँपालिका उपाध्यक्ष भारती कार्कीका अनुसार अब्दुल शनिबार दिउँसो नेपाली कांग्रेसको बैठकमा पनि सहभागी थिए । तर, बैठक सकेर घर फर्केको एक/डेढ घण्टामै उनको निधन भएको जानकारी पाएको कार्कीले बताइन् ।  

अब्दुल ३० वैशाखमा हुन लागेको स्थानीय चुनावका लागि उम्मेदवार उठेका थिएनन् । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । 





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार ७:४२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया