यही ३० गते हुन लागेको स्थानीय तहको चुनावका लागि प्रचारप्रसारमा रहेका काठमाडौं महानगरमा एमाले मेयर उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहबीच जम्काभेट भएको छ । उनीहरूबीच चुनावी प्रचारप्रसारका क्रममा भेट भएको हो ।
अचानकको भेटमा दुवै उम्मेदवारले एकअर्कालाई शुभकामना दिँदै अंकमाल गरे । आज बिहान भएको भेटमा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयर उम्मेदवार रहेकी सुनिता डंगोल पनि थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।