ओलीको नजरमा देउवा सरकारले गरेका ६ गल्ती

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसकै कारण आफू नेतृत्वको सरकार ढलेको स्मरण गरेका छन् । स्थानीय तहको निर्वाचन आउन पाँच दिन बाँकी रहेको बेला उनले एक वर्षअघिको कुरा स्मरण गरेका हुन् । 

आफ्नो नेतृत्वको सरकारले विकास निर्माणको काममा तीव्रता दिइरहेको देखेर कांग्रेसले षड्यन्त्र रच्दै आफूलाई प्रधानमन्त्रीबाट हटाएको पनि उल्लेख गरे । साथै, उनले कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि गरिएका ६ गल्ती पनि औंल्याउन भ्याए । 

ओलीले कांग्रेसको पहिलो गल्ती यसरी औंल्याए, ‘कांग्रेसले विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्य बोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर राजनीतिक र देशहितका सन्दर्भमा उल्टो बाटो समात्ने काम गर्‍यो ।’ 

उनले कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्नुका साथै संसदलाई बन्धक बनाएकोसम्म आरोप लगाए । 

‘कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्‍यो । संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो । संसदले सरकार निर्माण गर्ने संसदीय शासन प्रणालीको आदर्शको उपहास गर्‍यो । संसदलाई राजनीतिक निर्णयको थलो हुन नदिइ बन्धक बनायो । स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्यायो,’ ओलीले आज काठमाडौंमा आयोजित पार्टीको पत्रकार सम्मेलनमा भने ।  






  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार ११:५९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया