‘सी’ डिभिजन लिगमा खालीबारीको दोस्रो जित

सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत आइतबारको पहिलो खेलमा खालीबारी युथ क्लबले जित हात पारेको छ । उसले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ओसिस क्लबविरुद्ध ३–१ को जित हात पारेको हो ।  

खेलको दोस्रो मिनेटमै सन्दीप गुरुङले गरेको गोलबाट खालीबारीले अग्रता लिएको थियो । १० औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।

अभय रानाले ३३ औं मिनेटमा अभय रानाले गोल गरपेछि खालीबारी ३–० ले अघि बढ्यो । ३८ औं मिनेटमा समिर कार्कीले ओसिसका लागि सान्त्वना गोल फर्काए । 

यो जितसँगै ६ खेलबाट नौ अंक जोडेको खालीबारी तालिकाको सातौं स्थानमा उक्लिएको छ । पराजित ओसिस समान खेलबाट अंकविहीन पुछारमा छ । 





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार १३:१२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया