भरतपुर पुगेर ओलीले भने - धम्क्याउने र तर्साउनेलाई भोट नदिनुहोस् [भिडियो]

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै धम्क्याउने बानी नगएको बताएका छन् । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जमना बदलिएको भन्दै अब धम्क्याए नचल्ने बताए ।

'अस्ति भर्खर मात्रै नेताहरू आएर उहाँहरू बोलेर जानु भएको छ । तपाईंहरूलाई सम्झना होला एउटा नेताको भाषण कस्तो थियो । चितवनका जनताले मेरी छोरीलाई भोट हालेर जिताएनन् भने दुर्घटना हुन्छ । रूखवालाले खुरुखुरु हँसिया हतौडामा भोट हाल्दैनन् भने दुर्घटना हुन्छ । भोट हालेर मेरी छोरी जिताए भने म खुसी हुन्छु । उत्साहित हुन्छ । १५/२० वर्ष गठबन्धन टिकाइदिन्छु । धम्क्याउने बानी अहिलेसम्‍म गएन । धम्क्याएर खाएकाहरू अहिलेसम्म धम्क्याउने बानी गएको रहेन छ । बानी भए पनि जमना बदलियो अब धम्क्याएर चल्दैन,' उनले भने ।

उनले जनताले बुझिसकेको भन्दै धम्क्याउनुको कुनै अर्थ नहुने बताए । कसैले धम्क्याएर केही हुने उनको भनाइ छ । उनले भने, 'धम्क्याएर केही हुने वाला छैन । घटना हुन्छ । घटना के हुन्छ भने गठबन्धनले नराम्रोसँग हार्छ ।'

उनले चितवनवासीलाई धम्क्याउने र तर्साउनेलाई भोट नदिन आग्रह गरे । 'धम्क्याउने तर्साउनेलाई भोट नदिनुहोस् । चिसै पाउने नुहाउँछ । केही हुनेवाला छैन' उनले भने ।





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार १७:३२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया