चौधरीलाई जेलबाट सिंहदरबार र सिंहदरबारबाट जेल फिर्ता लगिने

काठमाडाैं– डिल्लीबजार जेलमा रहेका राष्ट्रिय जनता पार्टीका सांसद रेशम चौधरीलाई शपथपछि पुनः सोही कारागारमा फिर्ता लगिने भएको छ । चौधरीलाई शपथ ग्रहण गराउन लागिए पनि उनीमाथि लगाइएको मुद्दा भने सरकारले फिर्ता लिएको छैन ।

आज अपराह्न ३ बजे सभामुख कृष्णबहादुर महराबाट चौधरीले शपथ लिने कार्यक्रम छ । संसद् सचिवालय, सिंहदरबारमा आयोजना हुने शपथ ग्रहण कार्यक्रममा सहभागी गराउन उनलाई डिल्लीबजार जेलबाट त्यहाँ लगिनेछ र शपथलगत्तै जेलमै फिर्ता गरिनेछ ।

प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नं. १ बाट निर्वाचित चौधरीलाई शपथ गराउने सरकारको निर्णयलाई राजपा संयोजक राजेन्द्र महतोले जनमतको सम्मान भनेका छन् । उनले अगाडि थपे, ‘चौधरीमाथि लगाइएको झुटो मुद्दा फिर्ता लिएर सरकारले जनमतको वास्तविक सम्मान गर्नुपर्छ ।’

२०७२ भदौको टीकापुर घटनाका योजनाकार भन्दै प्रहरीले चौधरीविरुद्ध मुद्दा दायर गरेको छ । उक्त मुद्दा अदालतमा विचाराधीन रहेकाले उनलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।





  • प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार १५:५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया