कर्मचारी तथा सुरक्षा निकायलाई ओलीको आग्रह : निर्वाचनलाई निष्पक्ष बनाइदिनुहोस्

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्मचारी तथा सुरक्षा निकायलाई निर्वाचन निष्पक्ष बनाउनतिर लाग्न आग्रह गरेका छन् । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कर्मचारी, सुरक्षा निकाय, निर्वाचनमा खटिने कर्मचारीलाई यस्तो आग्रह गरेका हुन् । 

‘सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, निर्वाचन आयोगका कर्मचारीहरू तपाईंहरूले एमालेलाई जिताउन सहयोग गर्नुपर्दैन । तपाईंहरूले निर्वाचन निष्पक्ष मात्र गराइदिनुहोस् । गठबन्धन त्यसै जान्छ,’ ओलीले भने । 

निर्वाचनपछि गठबन्धनको पत्तासाफ हुने भन्दै आउने सरकार नेकपा एमालेको हुने बताए । भरतपुर महानगरको मेयरका उम्मेदवार विजय सुवेदी हटलाइन नेता भएको बताए । भोट हालेर उम्मेदवारलाई जिताए विकास गर्ने जिम्मा आफ्नो भएको उनको भनाइ छ । 





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार १८:२०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया