६५ वर्षबाटै वृद्धभत्ता दिने व्यवस्था गर्दै छौँ : कांग्रेस उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारले ६५ वर्षबाटै वृद्वभत्ता वितरण गर्ने योजना अघि सारेको दाबी गरेका छन् । यसअघि ७० वर्षपश्चात् मात्रै दिइँदै आएको जेष्ठ नागरिक भत्ता आगामी आर्थिक वर्षपछि ६५ वर्षको उमेर कटेकालाई दिइने योजना रहेको उनले बताए । 

स्थानीय निर्वाचनका समयमा चुनावी सभाहरुलाई सम्बोधन गर्न आइतबार सुर्खेत पुगेका कांग्रेसका उपसभापति खड्काले भने, ‘अब ६५ वर्षबाट नै वृद्ध भत्ता पाउने व्यवस्था गर्न लागेका छौँ ।’

उनले भने, ‘वृद्ध भत्ता दिन एमालेको मनमोहन अधिकारी नेतृत्वको सरकारले सुरु गरेको हो । यसमा बढाउने काम नेपाली कांग्रेस नेतृत्वकै सरकारले गरेको हो । अब आउँदो बजेटबाटै ६५ वर्ष पुगेका नागरिकले ज्येष्ठ नागरिक भत्ता पाउनुहुन्छ, अबको बजेटमा यो व्यवस्था गरिँदै छ ।’

भेरीगंगा नगरपालिकामा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै खड्काले गठबन्धनका आधिकारिक उम्मेदवारलाई मात्र मतदान गर्नसमेत आग्रह गरेका छन् ।

देशको थप विकास गर्न र भइरहेका विकासका कामलाई निरन्तरता दिनका लागि गठबन्धनलाई जिताउनुपर्ने आवश्यकता रहेकाले गठबन्धनका आधिकारिक उम्मेदवारलाई भोट हाल्न नेता खड्काले आग्रह गरे । यसका साथै गठबन्धनबाहेक प्रतिस्पर्धा भएको स्थानमा नेपाली कांग्रेसका उम्मेदवारलाई भोट दिनसमेत अपिल गरे ।
 
खड्काले लेकबेसी नगरपालिकाको कल्यान र भेरीगंगा नगरपालिकाको छिन्चुमा आयोजित कांग्रेको चुनावी सभालाई सम्बोधन गरेका छन् । सोमबार वीरेन्द्रनगर नगरपालिकाको पिपलचौतारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 

मंगलबार सिम्ता गाउँपालिकाको गोजीबजार र गुर्भाकोट नगपालिकाको मेहेलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस सुर्खेतले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार १८:३७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया