दम्भ राखे कांग्रेसको पनि विनाश हुन्छ : माधव नेपाल

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ दल नेपाली कांग्रेसलाई दम्भ नराख्न आग्रह गरेका छन् ।

आइतबार सत्तारुढ गठबन्धनले पोखरामा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले दम्भका कारण केपी ओलीको विनाश भएको भन्दै दम्भ राखेमा कांग्रेसको पनि विनाश हुनुको विकल्प नभएको बताए ।

‘कहिलेकाहीँ कांग्रेसमा दम्भ हुन्छ । हामी धेरै शक्तिशाली छौँ । दम्भ नराख्नुस् । त्यही दम्भले केपीको विनाश गर्‍यो । दम्भ राख्नुभयो भने तपाईंको पनि विनाश हुनेबाहेक अरु केही उपाय हुँदैन ।'

आफूले इतिहासको कालखण्डमा दशकौँ बिताएको उल्लेख गर्दै उनले सबैको शक्तिलाई स्वीकार गर्नुपर्ने पनि बताए । 'सबैको शक्तिलाई स्वीकार गर्नुपर्छ । त्यत्तिकै उम्रिएर आएका होइनन् यिनीहरु । इतिहासका कालखण्डमा दशकौँ बिताएका छन् । पाँच दशक त मैले नै बिताइसके । पचास वर्षको लामो यात्रा पार्टी निर्माण गरियो, आन्दोलन हाँकियो’ उनले भने ।





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार १९:२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया