प्रभास र दीपिकाको ‘प्रोजेक्ट के’मा दिशा पटानीको इन्ट्री

साउथका चर्चित फिल्ममेकर नाग अश्विन आफ्नो आगामी फिल्म ‘प्रोजेक्ट के’ को स्टार कास्टलाई लिएर निकै चर्चामा छन् । अब निर्माताको यो ड्रिम प्रोजेक्टमा दिशा पटनीको एन्ट्री भएको भारतीय सञ्जारमाध्यमले जनाएका छन् ।

दिशा पटानीले आफ्नो इन्स्टाग्राम स्टोरीका निर्माताले प्रोजेक्टमा संलग्न भएको जानकारी पठाएको उपहारको तस्वीर सेयर गर्दै प्रोजेक्टमा आफ्नो संलग्ना रहेको पुष्टि गरेकी हुन् ।

यससँगै यो फिल्मसँगै दिशा साइन्स फिक्शन विधाका फिल्ममा पनि प्रवेश गर्दैछिन् । रामोजी फिल्म सिटीमा निर्माण गरिएको विशाल सेटमा छायांकन भइरहेको प्रोजेक्ट के अहिलेसम्मकै महँगो भारतीय चलचित्र भएको दाबीसमेत गरिएको छ ।

नाग अश्विनद्वारा निर्देशित यस फिल्ममा तेलुगु स्टार प्रभास, सेन्चुरी मेगास्टार अमिताभ बच्चन, दीपिका पादुकोण र दिशा पटानी मुख्य भूमिकामा देखिनेछन् । यद्यपि, फिल्म निर्माताले फिल्मका पात्रका बारेमा कुनै जानकारी दिएका छैनन् । यो प्रोजेक्ट प्यान इन्डिया फिल्म हो, जुन तेलुगु, तमिल, कन्नड र मलायालमका साथै हिन्दी भाषामा पनि रिलिज हुनेछ ।





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार १९:२४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया