कांग्रेस महामन्त्री शर्माको प्रश्न : संविधान मास्न खोज्नेलाई भोट दिने कि संविधानको रक्षा गर्नेलाई ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनका नेता तथा कार्यकर्तालाई अहंकार नगर्न आग्रह गरेका छन् । अहंकार गर्ने जिम्मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको उनले बताए ।

झापाको मेचीनगरमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै शर्माले ओलीका हरेक भाषण तथा सार्वजनिक मन्तव्यमा अहंकार प्रस्तुत हुने भन्दै त्यस्तो प्रकारको अहंकार नदेखाई मतदाताहरुसँग भोट माग्न कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेद्वारहरुलाई आग्रह गरे।

शर्माले गठबन्धन दलका उम्मेदवारलाई विजयी गराएर तालमेललाई अनुमोदन गर्न मतदातासमक्ष आग्रह गरे। कसैलाई बलियो देखेर चुनावी तालमेल नगरेको उनले स्पष्ट पारे।

महामन्त्री शर्माले जनताले दिएको मत विश्वास गर्न नसक्ने र संविधानलाई मास्न खोज्नेलाई भोट दिने कि मतको सम्मान र संविधानको रक्षा गर्नेलाई भोट दिने हो त्यसको उपयुक्त समय आएको बताए। महामन्त्री शर्माले मत दिनु भनेको दण्डित र पुरस्कृत गर्नु दुवै भएको बताए।





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार २०:१२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया