एउटै हेलिकोप्टर चढेर प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड धनगढी पुगे

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् ।

सोमबार धनगढीमा हुने गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न उनीहरु दुवैजना नेपाली सेनाको हेलिकोप्टर चढेर धनगढी पुगेका हुन् । 

दाङमा भएको गठबन्धनको सभामा सहभागी भएर प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड सँगै धनगढी पुगेका हुन् । 

प्रधानमन्त्री देउवा धनगढीस्थित आफ्नै निवासमा बसेका छन् भने माओवादी अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बसेका छन् ।

प्रधानमन्त्री देउवा धनगढीमा गठबन्धनको सभालाई सम्बोधन गरेपछि सोमबार नै गृहजिल्ला डडेल्धुरा जानेछन् । देउवाले डडेल्धुरामा कांग्रेसले मंगलबार गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले भने सोमबार बिहानै कैलालीको कैलारी गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्नेछन् । दिउँसो धनगढीको सभा सकेर उनी सोमबार नै कालिकोट, कञ्चनपुर र डोटीमा हुने आमसभालाई सम्बोधन गर्न जानेछन् । 





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार २२:४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया