धनगढीमा सत्तागठबन्धनको चुनावी सभा आज, देउवा आज गृहजिल्ला पनि जाने

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न धनगढी पुगेका छन् ।

देउवा आइतबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीस्थित बोराडाँडी आर्मी ब्यारेकमा ओर्लिएका थिए । प्रचण्ड अबेर राति धनगढी पुगेका थिए । देउवा आइतबार राति धनगढीस्थित आफ्नै निवासमा बसेका थिए । उनले यो घर ०७४ को चुनावमा किनेका थिए ।

धनगढीमा बिहान ११ बजे आमसभा हुने कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए । यो सभालाई देउवा, प्रचण्डसहितले सम्बोधन गर्ने छन् ।

देउवा आजै गृहजिल्ला डडेल्धुरा जाने छन् । प्रचण्डले धनगढीबाहेक कैलारीको हसुलियामा माओवादीको कैलारी गाउँ कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन् । 

उनी कञ्चनपुरको बेलौरी र बैतडी पनि जाने कार्यक्रम छ । गठबन्धनले आइतबार मात्र दाङमा सभा गरेको थियो । धनगढीमा गठबन्धनबाट कांग्रेस नेता नृपबहादुर वड मेयरमा प्रतिस्पर्धा गरिरहेका छन् ।

त्यस्तै, एमालेबाट रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालसहित चुनावी मैदानमा छन् । धनगढी प्रधानमन्त्री देउवा पत्नी आरजु राणाको चुनावी क्षेत्र पनि हो । ०७४ को प्रतिनिधिसभा चुनावमा आरजु एमाले नेता नारदमुनि रानासँग पराजित भएकी थिइन् ।  





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार ९:१४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया