प्राध्यापक कुटपिटको आरोपमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ

बैतडीको डिलासैनी गाउँपालिकामा अध्यक्षका उम्मेदवार लोकेन्द्र राना शीतलको टोलीले स्थानीय क्याम्पसका प्राध्यापकमाथि निर्घात कुटपिट भएको छ । 

पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि उम्मेदवार रानासहित प्रचारमा हिँडेका कार्यकर्ता वीरेन्द्र रानालगायतका व्यक्तिले कुटपिट गरेका हुन् । डिलासैनी-५ बिनाबस्ती घर भएका शिक्षक जोशीको कुटपिटबाट खुट्टा भाँचिएको छ ।

कुटपिटबाट जोशीको खुट्टामा गम्भीर चोट लागेको उनका भाइ दीपकराज जोशीले बताए । कुटपिटमा संलग्नहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उनीहरूलाई स्थानीयले दुई घण्टा घेराउ गरेका थिए । 

प्राध्यापक जोशी स्वतन्त्र उम्मेदवार सन्तोष जोशीको प्रचार गरिरहेको भन्दै विवाद भएको हाे । शिक्षकले प्रचारमा हिँड्न नहुने भनेपछि विवाद भएको भनिए पनि गोरु जोत्ने मान्छे खोज्न हिँडेका बेला कुटेकाे पीडित पक्षकाे भनाइ छ ।  

कुटपिटमा संलग्न गाउँपालिका अध्यक्षका उम्मेदवार राना नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हुन भने उनी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार हुन् । 

कुटपिटमा संलग्न व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पीडित पक्षबीच गोकुलेश्वर प्रहरी चौकीका छलफल भैरहेको छ । 





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १५:१२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया